राजेन्द्र विक्रम शाह

राजेन्द्र विक्रम शाह
नेपालका राजा
King Rajendra Bikram Shah Deva.jpg
राजा राजेन्द्र विक्रम शाह
शासनकालविसं १८७३ मङ्सिर ०८ – १९०४ बैशाख ३१
पुर्वाधिकारीगीर्वाणयुद्ध विक्रम शाह
उत्तराधिकारीसुरेन्द्र विक्रम शाह
वंशशाह वंश
पितागीर्वाणयुद्ध विक्रम शाह
आमागोरक्ष राज्य लक्ष्मी देवी शाह
जन्मविसं १८७० मङ्सिर २०
वसन्तपुर, नेपाल
मृत्युविसं १९३८ असर २८ (६७ बर्ष)[१]
भक्तपुर, नेपाल
धर्महिन्दु

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए।यिनको पालामा सत्ताप्राप्तिका लागी संघर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो । यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता कुख्यात् पर्वहरू भए र कैयौं निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।

राजा राजेन्द्र विक्रम शाह


सन्दर्भ सामग्रीहरू