महिनावारी चक्र

Gray589.png

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।

महिनावारीको चरण

यश चरणमा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।

दोस्रो चरण (डिम्ब निष्कासन)

यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।

तेश्रो चरण (Luteal phase)

यस चरणले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।

Other Languages
Alemannisch: Menstruationszyklus
العربية: دورة شهرية
azərbaycanca: Heyz
français: Cycle menstruel
हिन्दी: मासिक धर्म
Kreyòl ayisyen: Sik menstriyèl
italiano: Ciclo mestruale
ಕನ್ನಡ: ಋತುಚಕ್ರ
한국어: 월경 주기
Bahasa Melayu: Kitaran haid
Nederlands: Menstruatiecyclus
português: Ciclo menstrual
Runa Simi: K'ikuy
română: Ciclu menstrual
srpskohrvatski / српскохрватски: Menstrualni ciklus
Simple English: Menstrual cycle
slovenščina: Menstruacijski ciklus
Basa Sunda: Siklus ménstruasi
తెలుగు: ఋతుచక్రం
татарча/tatarça: Менструаль цикл
Tiếng Việt: Chu kỳ kinh nguyệt
中文: 月經週期