भ्यालेन्तिना तेरेस्कोभा

भ्यालेन्तिना तेरेस्कोभा
सन् १९६९मा तेरेस्कोभा
Valentina Tereshkova Signature.svg
जन्म १९३७
बोस्लोए म्याज्लीनीकोभो,टुटेभ्स्काई जिल्ला,सोभिएत संघ
राष्ट्रियता सोभिएत संघ
रुस
अन्य नाम भ्यालेन्तिना भ्लादिमिरोभना तेरेस्कोभा
पेशा पाइलट
पुरस्कार Hero of the Soviet Union Orden of Honour.png Orden of Friendship.png

भ्यालेन्तिना तेरेस्कोभा ( रूसी: Валенти́на Влади́мировна Терешко́ва; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्। [१]उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।

सुरुवाती जीवन

तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए । [२]उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन । [३]१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाई अन्तरिक्ष यात्रामा सफलता दियो ।१९६१ मा उनी युवा कम्युनिस्ट लिग (कम्सोमोल) को सचिव भइन र पछि गएर सोभिएत कम्युनिस्ट पार्टिको सदस्य भइन ।

Other Languages
azərbaycanca: Valentina Tereşkova
Bikol Central: Valentina Tereshkova
беларуская (тарашкевіца)‎: Валянціна Церашкова
Bahasa Indonesia: Valentina Tereshkova
لۊری شومالی: والنتینا ترشکوا
norsk nynorsk: Valentina Teresjkova
Simple English: Valentina Tereshkova
slovenščina: Valentina Tereškova
татарча/tatarça: Валентина Терешкова
oʻzbekcha/ўзбекча: Valentina Tereshkova
vepsän kel’: Tereškova Valentina