प्रथम विश्वयुद्ध

प्रथम विश्वयुद्ध
300px
मिति२८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८
स्थानयुरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त
द्विप समुह)
परिणामगठबन्धन सेनाको विजय,
जर्मनी, रुसी, ओट्टोमनी र
अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको
अन्त, युरोप तथा मध्य
पूर्वमा नयाँ देशहरुको
स्थापना, जर्मन-उपनिवेशहरुमा
अरु शक्तिहरुद्वारा कब्जा,
लिग अफ् नेशनस् को
स्थापना
लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरुलडाईंमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरु (Central Power)तर्फ
Flag of the United Kingdom.svg बेलायत

Flag of France.svg फ्रान्स

Flag of the United States.svg अमेरिका

Flag of Russia.svg रुस

Flag of Italy.svg इटाली
र अरु

Flag of Austria-Hungary (1869-1918).svg अस्ट्रेलिया-हङ्गेरी

Flag of the German Empire.svg जर्मनी

Ottoman flag.svg ओटोमन

Flag of Bulgaria.svg बलगारिया
र अरु

मारिएका सेना संख्या:
5,525,000
मारिएका सेना संख्या:
4,386,000
घाइते सेना
12,831,500
घाइते सेना
8,388,000
हराएका सेना
4,121,000
हराएका सेना
3,629,000
जम्मा
22,477,500
जम्मा
16,403,000

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |

पृष्ठभूमि

औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्सब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८मा युद्धको समाप्ती भयो।

Other Languages
Alemannisch: Erster Weltkrieg
žemaitėška: Pėrma svieta vaina
беларуская (тарашкевіца)‎: Першая сусьветная вайна
qırımtatarca: Birinci Cian cenki
emiliàn e rumagnòl: Prémma guèra mundièl
English: World War I
Esperanto: Unua mondmilito
estremeñu: I Guerra Mundial
Nordfriisk: Iarst Wäältkrich
Gàidhlig: An Cogadh Mòr
客家語/Hak-kâ-ngî: Thi-yit-chhṳ Sṳ-kie Thai-chan
Fiji Hindi: World War I
Bahasa Indonesia: Perang Dunia I
Patois: Wol Waar I
Basa Jawa: Perang Donya I
къарачай-малкъар: Биринчи дуния къазауат
Lëtzebuergesch: Éischte Weltkrich
Bahasa Melayu: Perang Dunia Pertama
မြန်မာဘာသာ: ပထမ ကမ္ဘာစစ်
مازِرونی: جهونی جنگ اول
Dorerin Naoero: Eaket Eb I
Plattdüütsch: Eerste Weltkrieg
Nedersaksies: Eerste Wealdkrieg
नेपाल भाषा: तःहताः १
norsk nynorsk: Den fyrste verdskrigen
srpskohrvatski / српскохрватски: Prvi svjetski rat
Simple English: World War I
slovenščina: Prva svetovna vojna
Soomaaliga: Dagaalkii koowaad
српски / srpski: Први светски рат
Basa Sunda: Perang Dunya I
Türkmençe: Birinji jahan urşy
ئۇيغۇرچە / Uyghurche: بىرىنچى دۇنيا ئۇرۇشى
oʻzbekcha/ўзбекча: Birinchi jahon urushi
vepsän kel’: Ezmäine mail'man voin
Volapük: Volakrig balid