पहेंलो जुनबकुल्ला

पहेँलो जुनबकुल्ला
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
परिवार:बकुल्लो
वंश:Ixobrychus
प्रजाति:sinensis

पहेँलो जुुनबकुल्ला जुनबकुल्ला प्रजातिमा पर्ने एक सानो चरा हो। यो पूर्वजगतबाट विस्तार हुँदै आएको हो। यसले उत्तरी भारतीय उपमहाद्वीपमा प्रजनन गर्दछ र पूर्वमा जापान र इन्डोनेसियामा पनि प्रजनन गर्दछ। यसले प्राय: बसाइँसराइ गर्दैन तर, केही उत्तरका प्रजातिहरूले भने छोटो दूरीका लागि बसाइँसराइ गर्ने गर्दछन्। यसले कसैले झस्कायो भने यसले तुरुन्तै शत्रुलाई झुक्याउने वा भ्रममा पार्ने मुद्रामा बसिहाल्छ। यसको चुच्चो माथि तिर फर्किएको हुन्छ र घाँटी भने लामो र ठाडो हुन्छ। उडान भर्ने समयमा यो अन्य बकुल्लाहरू जस्तै देखिन्छ तर वातावरण खुला र सफा छ भने हामीले यसलाई यसको प्वाँखको रङ्गबाट छुट्टाउन सक्छौँ।

यसको लगभग ४७,३०,००० वर्ग किमी सम्म फैलिएको विस्तारित प्रजनन दायरा छ। यो सामान्यतया सिमसार क्षेत्रमा पाइने गर्दछ। यो उत्तरी चीन, भारत, नेपाल, जापान, दक्षिण पूर्वी एसिया, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशहरूमा पाइन्छ। यो चरा पूर्वी चीन र जापानमा प्रजनन गर्दछ भने हिउँदमा यो इन्डोनेसिया, नयाँ गिनी, र अन्य धेरै टापुहरूमा जाने गर्दछन्। यसको विश्वव्यापी अनुमानित जनसङ्ख्या लगभग १,००,००० देखि १०,००,००० रहेको अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरेको छ।

Other Languages
العربية: واق أصفر
български: Ixobrychus sinensis
भोजपुरी: जुन बकुला
বাংলা: হলদে বক
brezhoneg: Bongorz Sina
Deutsch: Chinadommel
Esperanto: Ĉina botaŭro
Bahasa Indonesia: Bambangan kuning
日本語: ヨシゴイ
lietuvių: Kininis baublys
മലയാളം: മഞ്ഞകൊച്ച
Bahasa Melayu: Burung Puchong Merah
Nederlands: Chinese woudaap
پنجابی: پیلا بٹرن
Tiếng Việt: Cò lửa lùn
中文: 黃葦鳽
Bân-lâm-gú: Chhân-khiah-á