एलेक्जेन्डर मिलेराँ

एलेक्जेन्डर मिलेराँ

एलेक्जेन्डर एटएन मिलेराँ (सन् १८५९-१९४३) - फ्रान्सेली राजनैतिक कार्यकर्ता, उन्नाइसौं शताब्दीका नवौं दशकतिर चाहिँ समाजवादीहरूसँग मिल्न पुगे, फ्रान्सेली समाजवादी आन्दोलनमा अवसरवादी धाराको नेतृत्व गरे । सन् १८९९ मा उनी भाल्डेक-रुस्सोको प्रतिक्रियावादी पुँजीजीवी सरकारमा सामेल भई पेरिस कम्युनका हत्यारा जर्नेल गालिफ्फेसँग मिलेर काम गरेका थिए । भ्ला.इ. लेनिनले मिलेराँवादलाई सर्वहारावर्गको हितप्रति गद्दारी संशोधनवादको व्यावहारिक अभिव्यक्ति भन्ने संज्ञा दिएर त्यसको भर्त्सना गर्नुभयो र त्यसका सामाजिक जराहरू समेत खोतल्नुभयो। स न् १९०९-१९१०, १९१२-१९१३, १९१४-१९१५ तिर उनी विभिन्न मन्त्री पदहरूमा वहाल रहेका थिए। [१]

  • सन्दर्भ सामग्रीहरू

सन्दर्भ सामग्रीहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९३
Other Languages
azərbaycanca: Aleksandr Milyeran
srpskohrvatski / српскохрватски: Alexandre Millerand
slovenčina: Alexandre Millerand
Tiếng Việt: Alexandre Millerand